बोरिस जोनसोनका बुवाले भने, ‘छोरा आइसीयूबाट बाहिरियो, यसमा अत्यधिक कृतज्ञ छु’
शुक्रबार, २८ चैत २०७६, १३ : ३७
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका बुवाले छोरालाई आइसीयूबाट निकालेर अस्पतालको युनिटमा राखिएको खबरपछि आफू अत्यधिक कृतज्ञ भएको बीबीसीलाई बताएका छन् ।
स्ट्यानले जोनसोनले आफ्नो छोराले कोरोनाभाइरसविरुद्धको जुन लडाईं लड्नुपरेको छ त्यसले पूरा बेलायतलाई यो महामारी चिन्ताजनक भएको कुरामा अवगत गराएको बताएका छन् ।
‘म मेरो परिवार, बोरिसको परिवार, सबैतिर छरिएका परिवारका सदस्यको तर्फबाट यस्तो समर्थनका लागि अत्यधिक कृतज्ञ छु । राष्ट्रिय स्वास्थ्य सेवाको अभूतपूर्व कामका लागि पनि म अत्यधिक आभारी छु ।’
बोरिसलाई लण्डनस्थित सेन्ट थोमस अस्पतालको आइसीयूबाट वार्डमा सारिएको खबर बिहिबार बेलुका सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण