बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लोड गरिएको बन्दुकसहित पक्राउ

आइतबार, ३० चैत २०७६, १२ : ४०
आइतबार, ३० चैत २०७६

धनुषा – मिथिला नगरपालिका–४ पुष्पलपुर खोलाबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय सरोज कुमार महतो र ४४ वर्षीय राजकुमार लामा रहेका छन् ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ज.१२ प १११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा लोड भएको अवस्थामा उक्त बन्दुक
सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप