नाकामा अलपत्र परेकालाई स्वदेश फर्काउन राजपा नेपालको माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले नाकामा अलपत्र रहेकालाई स्वदेश फर्काउन माग गरेको छ । आज सो पार्टीका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एक विज्ञप्ति जारी गर्दै नेपाल र भारतको सिमा नाकामा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन आग्रह गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण र त्यसपछिको लकडाउनपछि सीमा नाकामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउँदा स्वास्थ्य जाँच गर्न र स्वास्थ्य जाँचपछि शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्न समेत उनले आग्रह गरेका छन् ।
कोरोना भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा पनि सरकार गम्भीर र जिम्मेवार नबनेको गुनासो गर्दै उनले यस माहामारीबाट जोगिन तथा लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आआफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग अपिल पनि गरेका छन् ।
उनले यस्तो महामारीको बेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामाग्री हालसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुःखद रहेको उल्लेख गर्दै खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गरेकोले त्यसको सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।
अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै आम नागरिकसम्म पुर्याउने निर्णय सरकारले गरे पनि हालसम्म कार्यान्वयन नआएको हुनाले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहालाई जिम्मेवार हुन उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत