शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निकुञ्जमा गैँडा मृत भेटियो

बिहीबार, ०४ वैशाख २०७७, ०८ : २७
बिहीबार, ०४ वैशाख २०७७

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैँडा मृत भेटिएको हो ।

उक्त भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ । दिउँसो १ बजेको समयमा उक्त गैँडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । 

उनले भने, “बुढो अवस्थाको गैँडा घोलमा डुबेको रहेछ, उद्धार गर्न पुग्दा मृत्यु भइसकेको रहेछ ।” गैँडा मृत भेटिएको क्षेत्र गैँडाको पकेट क्षेत्रजस्तै हो । धेरैजसो निकुञ्जको गैँडा सुखीभार क्षेत्रमै छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा हाल २४ गैँडाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप