शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बुन्डेस लिगा फुटबल मेमा सुचारु हुने

बिहीबार, ०४ वैशाख २०७७, ०९ : २९
बिहीबार, ०४ वैशाख २०७७

एजेन्सी – जर्मन बुन्डेस लिग फुटबलका बाँकी खेलहरु मे महिनामा सुचारु हुने भएको छ । 

जर्मन सरकारले अगस्ट ३१ तारिखसम्म सामूहिक भेलामा प्रतिबन्ध गर्ने निर्णय गरेसँगै मे महिनामा लिग सुचारु गरिने बुन्डेस लिगाले जनाएको छ । लिगका खेलहरु दर्शक विना बन्द स्टेडियममा खेलाईने छ । 

कोरोनाका कारण जर्मनमा अहिले सबैखाले फुटबल गतिविधि ठप्प छ । बुन्डेस लिगमा २५ खेल सकिँदा बायर्न म्युनिख ५५ अंक सहित शीर्ष स्थानमा छ । साविक विजेता बायर्न दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डभन्दा चार अंकले माथि छ । 

डर्टमन्डको ५१ अंक छ । तेस्रो स्थानमा रहेको आरबी लेइपजिगको ५० अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप