वीणा उल्कावर्षा सक्रिय
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले यो वर्षको पहिलो उल्कावर्षा ‘वीणा उल्कबर्षा’ आज रातिबाट सक्रिय हुँदै गरेको जानकारी दिएको छ । सोसाइटीले दिएको जानकारी अनुसार यो उल्कावर्षा वैशाख १८ गतेसम्म सक्रिय रहनेछ।
सो उल्कावर्षाका सम्बन्धमा सोसाइटीले दिएको जानकारी यसअनुसार छः
हरेक उल्कावर्षा आफ्नो सक्रिय समयमा एक समय अत्यधिक सक्रिय हुन्छन जुन बेला उल्कावर्षा हेर्न चाहनेहरुका लागि सुनौलो अवसर पनि हो। यस्ता उल्कावर्षाहरु बिस्तारै सक्रिय हुँदै सक्रियताको मध्यसमयतिर अत्यधिक सक्रिय हुन्छन अनि फेरि बिस्तारै सक्रियता घट्दै जान्छ।
हालसम्मको अवलोकन तथा अनुसन्धानबाट यो वर्ष वीणा उल्का वर्षाको अत्यधिक गतिविधि नेपाली समय अनुसार वैशाख ९ र १० गते राति उल्कावर्षाको द्रिस्यावालोकन गर्न सकिने देखिन्छ। यो उल्कावर्षा वैशाख ९ र १० गते राति १०:३० बजेपछि बिहान सुर्योदय अघिसम्म देख्न हेर्न सकिनेछ। अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ।
थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्कावर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सुर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ।
पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमीटरसम्म फैलिन सक्छन्। यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन्, तब उल्का देखिन्छ। यस्तो दृश्यमा १० वा सो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्कावर्षा भन्ने गरिन्छ।
Title Photo: https://thenypost.files.wordpress.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया
-
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते
-
६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ
-
नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी