काभ्रेबाट पैदल हिँडेका ४६ रोल्पाली साँखुमा रोकिए, उद्धारका लागि उर्जामन्त्री पुनलाई गुहार्दै
काठमाडौं । काभ्रेबाट पैदलै रोल्पा हिडेका ४६ मजदुरलाई काठमाडौंको साँखुमा रोकिएको छ । महिला, बालबालिकासहित पैदल हिँडेका उनीहरुको दयनीय अवस्था देखेर शंखरापुर नगरपालिका र महानगरीय प्रहरी प्रभाव साँखुले उनीहरुलाई रोकेर खाना खुवाएको छ ।
काभ्रेको मण्डनदेउपुरको ईटा भट्टामा काम गर्ने उनीहरु लकडाउनका कारण काम रोकिएपछि गएरातीदेखि झिटी गुण्टा कसेर पैदल यात्रामा निस्किएका थिए । बालबालिकासहित दयनीय अवस्थामा पैदल हिँडेको देखेपछि उनीहरुलाई रोकिएको शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
श्रेष्ठले उनीहरुलाई साँखुस्थित सिटिइभिटीको हलमा राखेर खाना खुवाएको जानकारी दिदैँ खाना, दिउँसोको खाजा र बस्नको व्यवस्था गरिएको बताए । उनीहरुलाई खान बस्नको व्यवस्था गर्न नगरपालिका सक्षम रहेको बताउँदै उनीहरुले घर जान चाहेका कारण उद्धारका लागि पनि पहल भइरहेको जानकारी दिए ।

उनले भने–‘उनीहरु यहीँ बस्न चाहन्छन् भने उनीहरुलाई पुग्ने खाना र बस्नको व्यवस्था पनि गर्नसक्छौँ । उनीहरुले घर जान नै चाहेपछि उद्धारका लागि विभिन्न ठाउँमा कुराकानी गरेको छु । अघि भर्खरै उर्जामन्त्री वर्षमान पुनसँग पनि कुरा गरेको छु । उहाँले सकभर आजका लागि रोकेर राख्न भन्नुभएको छ । भोलीसम्म गाडिको व्यवस्था भएपछि सुरक्षित रुपमा उनीहरुको उद्धार गर्ने कुरा भएको छ ।’
प्रहरी, नगरपालिकाका प्रतिनिधि र स्थानीय मिलेर उनीहरुलाई बिहान खाना खुवाएको बताउँदै श्रेष्ठले बस्ने स्थानको व्यवस्था गरिहेको जानकारी दिए ।
यस्तै, चाँगुनारायणमा काम गर्ने १३ जना मजदुरहरुका लागि पनि खानाको व्यवस्था गरेको बताए । १२ जनामध्ये ४ जना दाङका मजदुर रहेको र उनीहरुले पनि घर फर्किन खोजेको श्रेष्ठको भनाई छ । उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ । लकडाउनका कारण राजधानीसहित विभिन्न जिल्लामा काम रोकिएपछि अलपत्र परेका मजदुरहरु घर फर्किने क्रम रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण