आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ
कैलाली – सुदूरपश्चिम प्रदेशमा आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सामाजिक बिकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोरोना भाइरस मिडिया ब्रिफिङ्गमा सो कुरा जानकारी दिएको हो ।
आरडीटी जाँचवाट २ जनाको रिपोर्ट पोजिटिभ आए पनि एक जनाको भने पिसिआरमा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
अर्का व्यतिmको भने रिपोर्ट खाली आएको उनले बताए । आरडीटी किट बाट एकै दिनमा ५९८ जनाको चेकजाँच गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।
अहिले ९ वटै जिल्लामा आरडीटी चेकजाँच भइरहेको र अहिलेसम्म ६१७७ जनाको चेकजाँच गर्दा ६१७५ जनाको रिपोर्ट नेगेटिभ आएको कार्कीले रातोपाटी लाई जानकारी दिए ।
अझै १०५९८ आरडिटी किट स्टक रहेको उनले वताए ।त्यसैगरी क्वारेन्टाईनमा १४९० मध्य १३३३ जना पुरुष र १५७ जना महिला रहेको उनले बताए ।
आइसोलेसन वार्डमा ६ जनाको उपचार भइरहेको र ९८ जना भने सामान्य उपचारपछि घर फर्किसकेको उनले वताए ।
धनगढीमा स्थापना गरिएको पिसिआर मेसिनबाट अहिलेसम्म २७२ वटा जाँच भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
५ जना पोजेटिभ मध्ये एक जना निको भएर घर गइसकेका छन् भने ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण