बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ जिल्ला कोरोनाबाट प्रभावित

शनिबार, १३ वैशाख २०७७, ०७ : २६
शनिबार, १३ वैशाख २०७७

नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ  ।

संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप