रमजानमा छैन मस्जिदमा रमझम (फोटोफिचर)
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ ।
रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार ब्रत अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् । हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ ।

हिजरी संवत् १४४१ को हो भने रमजान नवौं महिना हो । यो पर्वमा विहान सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई वर्त बस्ने प्रचलन रहेको छ । यस्तै रमजानमा मुसलमानको सबैभन्दा ठूलो धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास सहित अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास पनि गरिन्छ । रमजान महिनाको अर्को ठूलो विशेषता दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु पनि हो ।

रमदानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परा भएपनि यस वर्ष कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका कारण इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गर्दै छन् ।
कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले लकडाउन लागू गरेकाले त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गरेर नमाज आदा गरिँदै छ । जसका कारण रमजानमा सधैं भिडभाड हुने देशभर रहेका मस्जिदहरु अहिले सुनसान देखिन्छन् ।

शनिबार काठमाडौंको घण्टाघर स्थित नेपाली जामे मस्जिद पनि सुनसान देखिन्थ्यो । मस्जिद भित्रै बस्ने केही धर्मगुरु र कर्मचारीहरुले कोरोना भाइरसका लागि अपनाइएको सामाजिक दुरी कायम गर्दै नमाज आदा गरेका थिए । नपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले कोरोन भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिइएर सबैलाई घरमै बसेर नमाज आदा गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरिएको बताए ।

उनले लकडाउनको बेला अत्यावश्यक सामग्रीको अभाव भएकाहरुलाई राहत वितरण गरिएको समेत बताए ।
रमजानमा बिरामी, गर्भवती महिला र अशक्तहरुलाई रोजा बस्न छुट रहेको छ भने रोजा बस्नेहरुले निश्चित नियम भने पुरा गरेको हुनुपर्ने छ । रमजानमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण