सुदूरपश्चिम प्रदेशमा उपचार गरी घर फर्कनेको संख्या १०७ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा आइसोलसनमा उपचार गरी घर फर्कनेको संख्या १ सय ७ पुगेको छ ।
विभिन्न अस्पतालमा कोरोना आशंकामा उनीहरुलाई आइसोलेसनमा भर्ना गरी उपचार गरिएको थियो ।
भर्ना भएका ११४ जनामध्ये १०७ जना निको भई घर गएका छन् भने अझै ७ जनाको भने उपचार भई रहेको जनाएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले कोभिड १९ को मिडिया ब्रिफिङ्गमा सो कुरा जनाएको हो ।
उपचार गराईरहेका ७ जनाको अवस्था सामान्य नै रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
त्यसैगरी, आरडीटी परिक्षणबाट पोजेटिभ आएका १० जनामा पिसिआर गर्दा ९ जनाको रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट संकलन गरिएको आरडीटी परिक्षण गर्दा १० जनामा कोभिड १९ को पोजिटिभ देखाएको थियो जसमध्ये पिसिआरबाट ९ मा नेगेटिभ छ र १ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
हालसम्म प्रदेशमा आरडीटीबाट ११९६३ जनामा परिक्षण गरिएको मध्ये ११९५१ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।
आरडीटी परिक्षणबाट गएको २४ घण्टामा ७८९ आरडीटी परिक्षण गरेको र सवैको नेगेटिभ रिपोर्ट आएको उनले बताए ।
अझै प्रदेशमा ६९०२ आरडिटी किट स्टक रहेको जनाइएको छ । हाल सम्म पिसिआरबाट २७५० जनाको स्वाव नमुना संकलन गरेको र २७४९ जनामा जाँच गरेको उनले बताए ।
२७४४ जनाको रिपोट नेगटिभ आएको छ । पिसिआर मेसिनबाट दैनिक स्वाब नमुनाको परिक्षण भइरहेको उनले बताए । १४३४ जना क्वारेन्टाईनमा बसेका छन । ती मध्ये १२३५ जना पुरुष र १९९ जना महिला रहेको जनाइएको छ ।
सेतीप्रादेशिक अस्पतालको आइसोलेसनमा संक्रमित १ जना को उपचार भइरहेको र उनको स्वास्थ्य अबस्था पनि सामान्य नै रहेको जनाएको छ । यस अघि ४ जना संक्रमित निको भएर घर गई सकेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण