स्पेनमा मृतकको संख्या घट्यो, लकडाउन खुकुलो
कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित देशमध्येको एक स्पेनमा आइतबार एक महिनायता सबैभन्दा कमले ज्यान गुमाएका छन् ।
आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार २ सय ८८ जनाले ज्यान गुमाए, यो २० मार्चयताकै सबैभन्दा कम संख्या बीबीसीले जनाएको छ ।
यसअघि शनिबार ३ सय ७८ जनाले ज्यान गुमाएका थिए । मृतकको संख्या घटेसँगै आइतबार १४ वर्षमुनिका बालबालिकालाई ६ हप्तापछि पहिलोपटक घरबाट बाहिर निस्कन दिइयो । अहिलेका लागि दैनिक एक घण्टा उनीहरु घरबाट निस्कन पाउनेछन् ।
स्वास्थ मन्त्रालयका अनुसार कुल मृतकको संख्या अहिले २३ हजार १ सय ९० छ । यहाँ, २ लाख २६ हजारभन्दा बढी जनसंख्यामा कोरोनाको संक्रमण छ ।
स्पेनिस हेल्थ अलर्ट एन्ड इमर्जेन्सी कोअर्डिनेसन सेन्टरका निर्देशक फर्नान्डो सिमोनले भने, ‘लामो समयपछि पहिलोपटक हाम्रोमा एकैदिन ३ सयभन्दा कम व्यक्तिको मृत्यु भयो । यो सुनाउन पनि कठिन छ, तर यो यस्तो तथ्य हो जसले महामारीमा सकारात्म परिवर्तन भइरहेको स्पष्ट संकेत गर्छ ।’
यससँगै बालबालिकाका लागि लकडाउन खुुकुलो भएका छन् । देशका १४ वर्षमुनिका ६३ लाख बालबालिकाले अब बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्मको अवधिमा दैनिक एक घण्टा घरबाहिर निस्कन पाउनेछन्, तर उनीहरु एक किलोमिटरभन्दा टाढासम्म भने जान पाउने छैनन् । त्यस्तै उनीहरुले साइकल, स्केट र स्केटबोर्ड पनि चलाउन पाउनेछन् । लकडाउनका अन्य नियम कायमै छन् र स्कुलहरु पनि बन्द छन् । मेइको मध्यतिर सरकारले अझै लकडाउन खुकुलो गर्ने निति लिएको छ ।
मनोविद् तथा अभिभावकहरुले साना बालबालिकाका निम्ति कडाइ खुकुलो गर्नु स्वागतयोग्य रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण