मे ३ पछि पनि लकडाउन बढाउन मोदीलाई मुख्यमन्त्रीहरुको सुझाव
भारतमा लकडाउनको दोस्रो चरण मे ३ मा सकिँदैछ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग लकडाउनको स्थितिको बारेमा समीक्षा गरेका छन् ।
भिडियो कन्फरेन्सको माध्यमबाट गरिएको बैठक करीब ३ घण्टा चलेको थियो । समयको पाबन्दीका कारण मात्र ९ जना मुख्यमन्त्रीहरुले बोल्ने समय पाएका थिए ।
मेघालयका मुख्यमन्त्री कोनराड संगमाले आफ्नो राज्यमा लकडाउन ३ मेपछि पनि जारी राख्न चाहेको बताए । यद्यपि, ग्रीन जोन क्षेत्रलाई केही छुट दिइने उनले उल्लेख गरे । ओडिशा र गोवाका मुख्यमन्त्रीले पनि लकडाउनको अवधि बढाउन सुझाव दिए ।
लकडाउनको दोस्रो चरण ३ मेमा सकिन अघि नै अर्थव्यवस्थामा सुधार ल्याउन केन्द्र सरकारले ३० र २५ अप्रिल गरेर दुईपटक लकडाउनमा छुट दिइसकेको छ । यद्यपि, कहाँ–कहाँ पसल खोल्ने र आर्थिक गतिविधि सुरु गर्ने फैसला राज्य सरकारमा छोडिएको छ ।
बैठकमा प्रधानमन्त्री मोदीले लकडाउनको नतिजा सकारात्मक रहेको र डेढ महिनामा आफूहरुले हजारौँको जीवन रक्षा गर्न सफल भएको जिकिर गरेका थिए । उनले कोरोनाभाइरसको संकट अझै नटलेको यो केही महिना अझै कायम रहने बताएका थिए । उनले अब देशको अर्थव्यवस्थामा पनि ध्यान दिनुपर्ने बताउँदै प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।
आजको बैठकमा केरल राज्यका मुख्यमन्त्री वी विजयन भिडियो कन्फरेन्समा सामेल भएनन् । उनको स्थानमा मुख्यसचिव टम जोस सामेल बनेका थिए । उता, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बैठकमा भाग लिएर सबैलाई चकित पारिन् । बैठकमा ठूला राज्यलाई बोल्ने अनुमति नदिएकोमा मोदीप्रति उनी असन्तुष्ट रहेको बताइएको छ ।
पुडुचेरीका मुख्मन्त्री वी नारायाणसामीले अधिकांश भाजपा शासिन राज्यका मुख्यमन्त्रीहरु लकडाउन बढाउने पक्षमा रहेको बताए । उनीहरुले आर्थिक गतिविधि बिस्तारै सुरु गर्नुपर्ने सुझाव दिएका थिए ।
यसअघि गत ११ अप्रिलमा मोदी र मुख्यमन्त्रीहरुबीच छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण