मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

युएईमा एक नेपालीको मृत्यु

सोमबार, १५ वैशाख २०७७, १७ : ५७
सोमबार, १५ वैशाख २०७७

वैदेशिक रोजगारीको लागि ९ वर्ष अघि युएई आएका एक नेपालीको मृत्यु भएको छ। 

ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी,३ मोरङ ५२ वर्षीय दीपक पराजुलीको हृयघातका कारण  आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो।

केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगत्तै चिकित्कसले मृत्यु भएको पुष्टि गरे।  

उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको छ।

नाै वर्ष पहिले वैदशिक रोजगारीका लागि युएई आएका पराजुलीका श्रीमती र २ छोरा रहेका छन्। २ छोरा पनि वैदेशिक रोजगारमा रहेका बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप