राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल*
काठमाडौं – सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ।
सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण बचाउँ गर्दै आएको छ। यसबाहेक सरकारले आफ्नातर्फबाट भएका कयौं कमीकमजोरीको ढाकछोप गर्दै आएको छ।
सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि पक्राउ गर्दै आएको छ। पूर्वसचिव भीम उपाध्याय ६ दिन प्रहरी हिरासतमा बसेर सोमबार रिहा भएका छन्। त्यस्तै, राहत वितरण र सरकारको आलोचना गरेको भन्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही ललितपुर प्रहरीको हिरासतमा छन्। उनीसँगै राहत बाँड्न हिँडेका अर्का शक्तिबहादुर शाही पनि प्रहरी हिरासतमा छन्।
झन्डै दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा लेख्दा सोनमकुमार सुनारले पाँच वर्ष जेल सजाय पाए। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।
यो समाचारको तथ्यजाँच गर्दा गलत देखिएको कारण क्षमायाचनासहित भूलसुधार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण