‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले पार्टीका संस्थापक एवं मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाका आदर्श, प्रजातान्त्रिक समाजवाद र प्रजातन्त्रप्रतिको निष्ठा बुधबार पनि सबैका लागि प्रेरणा भएको बताएका छन्।
जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कांग्रेसको नियमित महाविधेशन पक्षधरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले बीपीले प्रजातन्त्रका लागि जीवन जोखिममा राखेर गर्नुभएको सङ्घर्ष आज कसैले पनि बिर्सन नहुने धारणा व्यक्त गरे।
साथै उनीहरूले संवाद सहमति र एकताका साथ पार्टीका सबै पक्षलाई मिलाएर कांग्रेसलाई एक ढिक्का बनाउन पार्टी सभापति गगनकुमार थापा बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए । संस्थापन इतर पक्षका नेताहरूले यही साउन २९ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने समेत बताए।
कार्यक्रममा पार्टीका पूर्वउपभापति तथा भेलाका संयोजक प्रकाशमान सिंहले नियमित महाधिवेशन र विशेष महाधिवेशन दुवै पक्षलाई समेटेर स्वच्छ खालको महाधिवेशन हुनुपर्ने बताए। “कांग्रेसभित्र गुटउपगुट भए पनि महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने हुन्छ”, उनले भने, “दुवैपक्षलाई समेट्ेर महाधिवेशन गराउन जरुरी छ ।”
पूर्वउपसभापति सिंहले पार्टीको सदस्यताको लागि अद्यावधिक गराउन जरुरी नरहेको स्पष्ट पार्नुभयो । उहाँले यही साउन २९ गते काठमाडौँमा राष्ट्रिय भेला हुने जानकारी दिँदै भने, “यस अगाडि पनि भेला भएको नै हो । अब पनि भेला गरेर व्यवस्थित गर्नेछौँ ।”
पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जननायक बीपी कोइरालाले जुनसुकै समस्याको समाधानलाई संवाद, सहमति र एकताको माध्यमबाट नै निष्कर्ष निकाल्ने गरेको स्मरण गर्दै उनले एकताको बलमा नै इतिहासको कालखण्डमा सफलता हात पारेको बताए। “बीपी कोइरालाको नीति र विचारलाई कांग्रेसले कुनै पनि हालतमा छोड्न सक्दैन”, उनले भने।
नेता खड्काले बीपी कोइरालाले कांग्रेसभित्रको सम्पूर्ण एकता गर्न जरुरी रहेको बताए । “बीपी कोइराला २०३३ सालमा राष्ट्रिय र मेलमिलापको नीति लिएर आउनुभन्दा अगाडी नेपालको राष्ट्रियता निकै कमजोर अनुभूति गरेर स्वदेश आउनुभएको थियो”, उनले भने । उनले कांग्रेसभित्रै संवाद, मेलमिलाप र सम्पूर्ण एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको औँल्याए।
वरिष्ठ नेता डा. शेखर कोइरालाले बीपीले अघि सारेकाे राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई सबैले अङ्गीकार गर्न जरुरी रहेको उल्लेख गर्दै अहिले मुलुकका अन्य शक्तिहरूसँग राष्ट्रिता र लोकतन्त्र बचाउनको लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले बीपी स्मुति दिवस पार्टी कार्यालय सानेपामा मनाउनुपर्नेमा नेपाल प्रज्ञा प्रतिष्ठानमा मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे।
कांग्रेसका पूर्वउपभापति विमलेन्द्र निधिले मुलुकको सार्वभौमसत्तामाथि खतरा देखिएको तत्कालीन अवस्थामा बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर ठूलो जोखिमका साथ राष्ट्रिय शक्तिको एकता औँल्याएकाे स्मरण गरे । उनले बीपीका आदर्श र विचारबाट आफू निकै प्रभावित रहेको र आफ्नो राजनीतिको प्रेरणाको प्रमुख स्रोत नै बीपी भएको उल्लेख गर्दै बीपीका विचार र आदर्शप्रति सदैव प्रतिबद्ध रहेको बताए।
पूर्वमहामन्त्री शशाङ्क कोइरालाले बीपी कोइरालाको मेलमिलाप र राष्ट्रिय सहिष्णुताको नीतिलाई अक्षरशः पालना गर्दै अघि बढ्नुपर्ने बताए । “बीपी कोइरालाको त्याग र तपस्यालाई हामी कसैले पनि अवमुल्यन गर्नुहुँदैन”, उनले भने, “बीपीको सिद्धान्त र विचारलाई सधैँ जीवन्त राख्नेछौँ र कहिल्यै पनि मर्न दिने छैनौँ ।”
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफूहरूले पार्टीमा एकता कायम गरेर कांग्रेसलाई बलियो बनाउन चाहको बताउँदै मुलुकका समसामयिक राजनीतिक समस्या समाधान र राष्ट्रिय तथा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस एक ढिक्का हुनु आवश्यक रहेकामा जोड दिए।
कार्यक्रममा नेताहरू विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत, एनपी साउँद, शङ्कर भण्डारी, बिरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरी, गोविन्द भट्टराई, मीनबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, जितजङ्ग बस्नेत, केदार कार्की, कान्छाराज तामाङ, नागेश कोइराला, गुरु बराल, शिव हुँमागाई, निलकाजी शाक्य, कुन्दन काफ्ले, गणेश तिमिल्सिना, उषा राउत, सिर्जना मल्ल, हरिशरण नेपाली, दिल लामा, सुशान्त बस्नेतलगायतले प्रजातन्त्रका लागि बीपीले गर्नुभएको सङ्घर्ष र योगदानका बारेमा चर्चा गर्दै उहाँको मेलमिलापको नीतिलाई आत्मसात् गर्दै पार्टी एकताका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण