अछामको आइसोलेसनमा रहेका एक जना बिरामीको मृत्यु
कैलाली । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको अस्पतालमा एक जनाको मृत्यु भएको छ । संक्रमणको लक्षण देखिएर आइसोलेसन वार्डमा भर्ना भइ उपचार भइरहेको बेला उनको मृत्यु भएको जनाइएको छ ।
सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोभिड–१९ को मिडिया ब्रिफिङ्गमा सो कुरा जनाएको हो ।
उनको स्वाबको नमुना पीसीआर जाँचको लागि सुख्र्रेत पठाइएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।
विभिन्न अस्पतालको आइसोलेसनमा ३ जनाको उपचार भइरहेको छ भने ११४ जना उपचारपछि घर गइसकेको उनले बताए ।
आजसम्म पीसीआरबाट २ हजार ८५२ जनाको स्वाब संकलन गरी २८ सय जनाको जाच गरिएको पनि उनले बताए ।
यसमध्ये २ हजार ७९५ जनाको नेगेटिभ आएको र ५२ जनाको अझै नतिजा आउन बाँकी रहेको उनले वताए ।
यस अघि ५ जनामा कोरोनाभाइरसको संक्रमण पोजिटिभ थियो भने सो मध्ये ४ जना निको भइ घर गईसकेका छन भने १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अबस्था पनि सामान्य नै रहेको अस्पतालले जनाएको छ ।
आरडीटी किटबाट १३ हजार ५८४ जनाको परीक्षण गरिएका मध्ये सबैको रिजल्ट नेगेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख कार्की ले जानकारी दिएका छन ।
१७७६ जना क्वारेन्टाइनमा छन् जसमध्ये १४६८ पुरुष र ३०८ जना महिला रहेको उनले बताए ।
अझै ५ हजार २४१ आरडिटी किट स्टक रहेको उनले बताए । दार्चुला सीमा नाकामा रोकिएका १२५० जना र बैतडी सिमानाकामा रोकिएका ८०० नेपाली नागरिक लाई चेक जाँच गरी नेपाल ल्याएको सामाजिक विकास मनत्रालयले जनाएको छ । उनीहरु सबैलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने काम पनि भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण