फेसबुकबाटै एनएमबि बैंकमा खाता खोल्न सकिने, नेपाली वित्तीय क्षेत्रमै पहिलो प्रयोग
काठमाडौं– एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै अब घरमै बसी फेसबुकको म्यासेन्जरबाटै खाता÷मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ ।
वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो ।
डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकले जनाएको छ ।
ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बैंकले जनाएको छ । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वर्पू योजना हो ।’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण