मेगा बैंकका ग्राहकहरुलाई २४ घण्टा भित्रै घरमा सामान
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् ।
मेगा बैंक नेपाल लिमिटेड र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकहरुलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्याउने सम्झौता भएको हो ।
खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री खरिदमा ग्राहकहरुले १० प्रतिशत अथवा बढीमा ५ सय रुपैंयासम्म छुट पाउने सहमति भएको छ । सामान खरिदका लागि होम सप्लाइजको वेभसाइट, भाइबर तथा ह्वाट्स एपमार्फत अर्डर गर्न सकिनेछ ।
लकडाउनका समयमा ग्राहकहरुलाई कुनै अप्ठेरो झेल्न नपरोस् भनेर मेगा बैंकले यसअघि पनि औषधी र खाद्यान्नका लागि बिभिन्न सेवा प्रदायकसँग सम्झौता गरिसकेको छ ।
मेगा बैंकका ग्राहकहरुले फुडमाण्डू र किरानाबाट खाद्यान्न तथा घरायसी सामान प्राप्त गर्न सक्नेछन् भने केन फार्मेसीबाट औषधि तथा इजी केयरमार्फत औषधि र स्वास्थ्य सेवा घरमै बसेर प्राप्त गर्न सक्नेछन् ।
अन्य कम्पनीसँग पनि सम्झौता गरेर ग्राहकहरुलाई सहज तथा सुरक्षित रुपमा घरमै बसी डिजिटल तथा स्मार्ट मोबाइल बैकिङ्गबाट सामान खरिदको व्यवस्था मिलाइने मेगा बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण