सीमापारि रोकिएका भित्रिएसँगै बढ्यो कोरोनाको जोखिम
बैतडी/दार्चुला - झुलाघाट नाकाबाट बिहीबार एक हजार दुई सय ९९ जना भित्रिए। भारतको पिथौरागढ जिल्ला प्रशासनले ८ सय ३७ जना नेपाली क्वारेन्टाइनमा रहेको जानकारी बैतडी जिल्ला प्रशासनलाई गराएको थियो। तर भारतीय पक्षले उपलब्ध गराएको तथ्यांकभन्दा डेढी बढी आएकाले व्यवस्थापनमा समस्या भएको छ।
‘हामीले करिब नौ सयजना आउने अनुमान गरेका थियौं,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने, ‘तर धेरैजना आएपछि व्यवस्थापनमा समस्या भयो।’
उताबाट आएकालाई सोही दिन सीमानाकामा स्वास्थ्य जाँच गरी सम्बन्धित जिल्ला वा स्थानीय तहमा पठाउने तयारी भए पनि दुई सय ७४ जनालाई दशरथचन्द नगरपालिकाको ज्ञानेश्वर माविमा एक रात राख्नुप¥यो। उनीहरुले त्यो रात खाना खान पनि पाएनन्। चिउराकै भरमा रात कटाए।
भारतीय प्रशासनले दिएको तथ्यांक अनुसार गाडीको व्यवस्था गरिएको थियो। तर अनुमान गरेभन्दा बढी भित्रिएपछि व्यवस्थापनको मात्र होइन कोरोना संक्रमणको पनि जोखिम बढेको छ। उताबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनिए पनि सबै बसेका छैनन्। यो समाचार आजको नागरिक दैनिकमा बिरा गडाल र प्रेम चुनाराले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण