रुक्माङ्गत कटवालको ट्रष्टले गर्यो महावीर पुनको आविस्कार केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं– डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुक्माङ्गत कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको हो ।
विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत व्यवस्थापन, राष्ट्र, राष्ट्रियता र अन्य सामाजिक कार्यहरू गर्दै आइरहेको रुक्माङ्गत कटवाल ट्रष्टले देशको सर्वाङ्गिण विकासका लागि कठिन परिस्थितिका बाबजुद दिन रात खटिरहेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिएको जनाएको छ ।
आविस्कार केन्द्रले हाल विश्वभर सन्त्रासको रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पीपीईलगायतका सामग्रीहरू निर्माण कार्यमा खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै ट्रष्टका अध्यक्ष पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवालले धन्यवाद दिए ।
हाल ट्रष्टले देशभरका आर्थिक अवस्था कमजोर भएका असहाय, अपाङ्ग तथा सिमान्तकृत वर्गका ५३ जना विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको ट्रष्टका सचिव जगतबहादुर कटवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण