बेलायतमा कोरोना संक्रमणबाट ३० हजार बढीको निधन
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १५ पुगेको छ । गएको २४ घन्टाभित्र ५ सय ३९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । गएको २४ घन्टाभित्र थप ५ हजार ६ सय १४ जनामा कोरोनाको संक्रमण देखिएको छ । हाल बेलायतमा कोरोना संक्रमितहरुको संख्या २ लाख ६ हजार ७ सय १५ रहेको छ । त्यस्तै २४ घन्टाभित्र ८६ हजार ५ सय ८३ जनामा कोरोनाको परीक्षण गरिएको छ । दैनिक १ लाख जनाको कोरोना परिक्षण गरिने सरकारको नीति रहेपनि विगत केहिदिन यता, उक्त संख्या कम भएको छ । हालसम्म बेलायतमा १५ लाख मानिसहरुमा कोरोनाको परीक्षण गरिसकिएको छ ।
त्यस्तै बेलायतमा ४४ जना गैरआवासीय नेपालीहरुको कोरोना संक्रमणका कारण निधन भएको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ । तर एनआरए यूकेले दिएको तथ्याँकअनुसार हालसम्म ५१ जना नेपालीहरुको निधन भैसकेको छ । मृत्यु हुनेहरुमा दुई तिहाईभन्दा बढी भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । कोरोनाबाहेक अन्य कारणले पनि अन्य १५ जना नेपालीहरुको निधन भएको छ ।
कोरोनाको संक्रमणबाट हालसम्म विश्वमा २ लाख ६८ हजार भन्दा बढीको निधन भैसकेको छ । सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पहिलो स्थानमा रहेको छ, जहाँ ७५ हजारभन्दा बढीको कोरोनका कारण मृत्यु भएको छ । त्यस्तै कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकमा बेलायत दोस्रो स्थानमा रहेको छ । गएको २ दिनदेखि युरोपियन मुलुक इटालीलाई पछी पार्दै कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत युरोपकै पहिलो मुलुक बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण