उपत्यकामै संक्रमण फैलनसक्नेप्रति बेवास्ता
शुक्रबार, २६ वैशाख २०७७, ०६ : ४६
काठमाडौं – उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ ।
सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो ।
विभिन्न संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा उपकरण अबलम्बन नगरी वितरण गरिएको, ठूला तरकारी बजारमा भीडभाड तथा सुरक्षा अबलम्बन नगरिएको, पुरानो बसपार्क, बसन्तपुर, तिलगंगालगायत क्षेत्रमा सयौं मानिस दुरी कायम नगरी बसिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार गरिब, विपन्नलगायतलाई संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा संवेदनशीलता अवस्थाबारे निरीक्षणपछि केही ठाउँमा लापरबाही गरेको पाइएको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण