कोरोनाको उपचार गर्न औषधी बनाए, आफैंमाथि गरे परीक्षणः चेन्नईका डाक्टरको मृत्यु
कोरोनाभाइरसको कहर संसारभरी जारी छ । यसबाट बच्ने उपायको खोजी पूरा संसारभरीका स्वास्थ्य क्षेत्रले अत्यधिक मिहिनेत गरिरहेका छन् । यसैबीच भारतको चेन्नईमा एक डाक्टर कोरोनाभाइरसको उपचारका लागि बनाइएको औषधीको परीक्षण गरिरहेका थिए तर परीक्षणका बेला नै उनको मृत्यु भयो ।
भारतीय मिडिया आजतकका अनुसार यो घटना चेन्नईको हो । यहाँ पेरुंगुडीमा बस्ने शिवनेसन, एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए । उक्त कम्पनी खोकीको औषधीका लागि चर्चित थियो ।
स्रोतका अनुसार कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले । राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएका थिए ।
औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो । शिवनेसनको अस्पतालमा मृत्यु भयो जबकी राजकुमारको स्थिती स्थिर बताइएको छ र उनको उपचार चलिरहेको छ । यसबारे पुलिसले अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण