कोरोना अपडेटः लकडाउन खुकुलो पारेसँगै जर्मनीमा बढे संक्रमित
जर्मनीमा लकडाउन खुकुलो गरिएको मात्रै एकदिन पछि संक्रमितको संख्या बढेको आधिकारिक आँकडाले देखाएको छ ।
रोबर्ट कोच इन्स्टिच्युटका अनुसार लकडाउन खुकुलो पारेपछि संक्रमणको पुनः उत्पादनको दर बढिरहेको छ ।
यसको अर्थ यो भयो कि एक संक्रमित व्यक्तिले कतिजनालाई संक्रमित गर्न सक्छ, त्यो दर बढेको छ । हालको समयमा यो दर एकभन्दा बढी छ ।
यसको सीधा अर्थ यो हो कि देशमा संक्रमितको संख्या अब बढिरहेको छ ।
शनिबार हज्जारौं संख्यामा मानिस जम्मा भएका थिए । उनीहरुले लकडाउनलाई पूर्ण रुपमा समाप्त गर्न माग गरिरहेका थिए ।
यसअघि जर्मन चान्सलर एंगेला मर्केलले बुधबार १६ राज्यका नेतासँग कुराकानीपश्चात् देशव्यापी लकडाउनमा व्यापक छुटको घोषणा गरेकी थिइन् ।
संक्रमितको संख्या हेर्ने हो भने जर्मनी संसारको सातौं सबैभन्दा प्रभावित देश हो । जर्मनीमा कूल एक लाख ७१ हजार भन्दा बढी व्यक्ति संक्रमित छन् । जबकी मृत्यु हुनेको संख्या सात हजार बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण