यस्तो छ मंगलबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले जारी गरेको मंगलबारको मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ।
यसैगरी, अहिले देशभरीको मौसम भने पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
त्यस्तै, मंगलबार दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
त्यसैगरी, राति देशको पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली र बांकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरु र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण