पुथाउत्तरगंगा गाउँपालिकाले जलविद्युत् आयोजना निर्माण गर्ने
पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बोलपत्र आह्वान गरिसकिएको जनाइएको छ । जिल्लामा निर्माण भएका अन्य साना जलविद्युत् आयोजना धेरै छन् ।
जिल्लामा निर्माण हुँदै गरेको पाँच मेगावाटपछिको यो दोस्रो ठूलो क्षमताको आयोजना रहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । कुल रु ५२ करोड लगानीमा उक्त आयोजना निर्माण हुने जनाइएको छ । उपाध्यक्ष शाहीका अनुसार रु २८ करोड एडिबीको सहयोग तथा कृषि विकास बैंक र गाउँपालिकाको रु पाँचपाँचकरोडको लगानी हुने छ । बाँकी रु १४ करोड गाउँपालिकावासीले सेयरमार्फत लगानी गर्ने छन् ।
जम्मा १७ हजार ९३४ जनसंख्या रहेको गाउँपालिकामा पाँच हजार आठ घरधुरी छ । उत्तरगंगा हाइड्रोपावर निर्माणको काम अगाडि बढाउनका लागि गत माघ पहिलो साता बोलपत्र आह्वान गरिएको थियो । चैतदेखि काम शुरु गर्ने भनिए पनि कोरोना महामारीको कारण आयोजनाको काम अगाडि बढ्न नसकेको उपाध्यक्ष शाहीले बताए ।
सम्झौता भएको १८ महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । एक मेगावाट क्षमताको विद्युत् आयोजनाले गाउँपालिका नै झिलीमिली बनाउनाका साथै बाहिर निर्यात गर्ने बताइएको छ । अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा विद्युत पु-याउने काम भइरहेको छ । एक मेगावाटको विद्युत् आयोजना निर्माण भएमा सबै साना आयोजनालाई ग्रीडमा जोडेर बाहिर निर्यात गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण