बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण देखिएपछि  भक्तपुरमा उच्च सतर्कता : कन्ट्याक ट्रेसिङ सुरु, नाकामा कडाइ

बुधबार, ३१ वैशाख २०७७, १२ : ११
बुधबार, ३१ वैशाख २०७७

भक्तपुर । एक पुरुष र एक जना महिलामा कोराना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले भक्तपुरमा उच्च सर्तकता अपनाइएको जनाएको छ । 

सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि हाल टेकु अस्पतालमा भर्ना गरिएको छ । 

यसैगरी भक्तपुरमै मंगलबार कोरोना पुष्टि भएका अर्का एक जना पूर्वमन्त्री भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान हुन् । उनी एक महिना अगाडिबाट काममा नभएको बताइएको छ ।  

चाँगुनारायण नगरपालिका वडा नम्बर १, दुवाकोट बस्ने उनको स्थायी घर रामेछाप हो । बिरामी श्रीमतीको उपचार गर्न उनी घरमै बस्दै आएको थिए । 

कोरोना संक्रमण देखिएका उनलाई पनि टेकुमा भर्ना गरिएको छ । सशस्त्र प्रहरी जवानका परिवारका सदस्यको टेकु अस्पतालमा र नर्ससँगै बस्ने साथीको भक्तपुर अस्पतालमा पीसीआर टेस्टको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रातोपाटीलाई जानकारी दिएकी छिन् । स्रोतका अनुसार नर्ससँगै बस्ने साथी भक्तपुरस्थित शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र दुधपाटीमा कार्यरत टाफ नर्स हुन् ।

संक्रमित २७ वर्षीय पुरुषमा कसरी संक्रमण सर्यो भन्ने कुरा प्रष्ट हुन सकेको छैन । उनीहरु दुबै अरु क–कसको सम्पर्कमा पुगे भन्नेबारे कन्ट्याक ट्रेसिङ सुरु भएको छ।  

प्रशासनको तयारी के छ ? 
प्रमुख जिल्ला अधिकारी पाण्डेको अनुसार दुबै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएका छ । उनीहरुको केही दिन यताको भेटघाट र गतिविधिको बारेमा जानकारी प्रशासनले लिएको छ । 

यस्तै थप संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भक्तपुर भित्रने र बाहिरने नाकामा कडाइ गरिने भएको छ ।  

जडिबुटी, पेप्सीकोला, जगाती, नाला, नगरकोट, तेलकोट, सुडाल, काक्रेबारी, रानीकोट, सिरुटार, मनोहरा, चाँगुलगायतका एक दर्जन भन्दा धेरै नाकाहरुबाट भक्तपुरमा प्रवेश गर्न र बाहिरिन सकिन्छ । 

मुख्य नाकामा प्रहरीको बाक्लो उपस्थिति हुने भएकाले मानिसहरु लुकुछुपी साना नाकाबाट भक्तपुर भित्रने र बाहिर जाने गरेका छन् । 

नगरपालिकाले ३ सय जनाको स्वास्थ्य परीक्षण गर्ने 
चाँगुनारयण नगरपालिकाले वडा नम्बर १ मा बस्दै आएका एक जना पुरुषमा कोरोना संक्रमण देखिएपछि गरपालिकाले त्यस स्थान वरपर र नगरका अन्य स्थानका करिब ३ सयको स्वाव परीक्षण गर्ने भएको छ ।

नगरप्रमुख सोमप्रसाद मिश्रले भने ‘हामीले केहीदिन यता परीक्षण गर्ने तयारी गर्दै थियौं, हिजो हाम्रैमा संक्रमण देखियो, अब तत्कालै परीक्षण गर्छौं । ’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप