बेलायतमा कोरोना संक्रमणबाट ६३ जना नेपालीको निधन
लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६३ पुगेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारी अनुसार शुक्रबार बिहानसामको तथ्याँक अनुसार बेलायतमा ६३ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको पुष्टी भैसकेको हो । मृत्यु हुनेहरुमा ५२ जना पुरुष र ११ जना महिला रहेका छन् ।
सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५२ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिंग राई रहेकी छन् । निधन हुनेमा प्राय ७० वर्षभन्दा माथिका रहेका छन् ।
त्यस्तै गैरआवासीय नेपाली संघ यूकेले अप्रिल १३ तारिखसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार ६१ जनाको कोरोनाको संक्रमणबाट निधन भएको छ भने ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको बताएको छ । कोरोना संक्रमणका कारण १ सय १५ जना अस्पताल भर्ना भएको र १७ जना नेपालीहरु अहिले अस्पतालमा उपचार गराइरहेको तथ्याङ्कमा उल्लेख छ ।
एनआरएन यूकेको पछिल्लो तथ्याँकको बारेमा चाडै नै जानकारी गराउने एनआरएन यूके हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जित रानाभाटले बताए । एनआरएन यूके हेल्पलाइनद्वारा हप्तामा एक वा दुइपटक सम्म कोरोना संक्रमित बेलायतवासी नेपालीहरुको तथ्याँक सार्वजनिक गरिंदै आएको छ ।त्यस्तै बिहीबार दिउँसोसम्म बेलायतमा कुल ३३ हजार ६ सय १४ जानाको कोरोनाको संक्रमणका कारण ज्यान गइसकेका छ भने विश्वभरिमा तीन लाख भन्दा बढीको ज्यान गैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण