शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

क्वारेन्टाइनका महिलालाई मर्यादा किट

शनिबार, ०३ जेठ २०७७, १३ : १६
शनिबार, ०३ जेठ २०७७

रुकुमपूर्वको क्वारेन्टाइनमा बसेका किशोरी र महिलालाई मर्यादा किट वितरण गरिएको छ  ।

 महिला र किशोरीलाई कोरोना भाइरसबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामग्री डिग्निटी किट वितरण गरिएको हो । 

जिल्लाका तीनमध्ये दुई स्थानीय तह भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १० किशोरी र ६०  महिलालाई मर्यादा किट वितरण गरिएको छ ।

 जिल्लाको एउटा स्थानीय तह सिस्ने गाउँपालिकाको क्वारेन्टाइनमा किशोरी र महिला छैनन् । 

झोलामा महिलालाई दैनिक आवश्यक पर्ने धोती, टिसर्ट, पेटीकोट, भित्री कपडा, सेनेटरी प्याड, शारीरिक सरसफाइका सामान, तौलिया र लाइटलगायत सामग्री दिइएको छ । 

दुई गाउँपालिकाका कवारेन्टाइनमा बसेका ७० किशोरी र महिलालाई मर्यादा सामग्री वितरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) रुकुम (पूर्व) का जिल्ला कार्यक्रम अधिकृत भुवन सेजुवालले बताए । 
झोलामा किशोरीका लागि १०  र महिलाका लागि १५ प्रकारका स्वास्थ्य सामग्री छन् ।  युएनएफपिएले उपलब्ध गराएका मर्यादा सामग्री गाउँपालिकामार्फत वितरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप