सुरक्षाकर्मीको कोरोना परीक्षणः रिपोर्ट नेगेटिभ
जुम्ला । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षाकर्मीको पिसीआर कोरोना परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गत जिल्लाभरका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानको पिसीआर कोरोना परीक्षण गरिएको हो । सबै जनाको परीक्षणको नतिजा नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।
नराकोट प्रहरी चौकीका चार, पातारासी प्रहरी चौकी चार, रारालिही एक, झारज्वाला प्रहरी चौकी पाँच, ताम्ती प्रहरी चौकी दुई र गोठीज्यूला प्रहरी चौकी एक गरी १७ जनाको पिसीआर परीक्षण गरिएको हो । त्यसैगरी १० प्रहरी जवानको आरडीटी परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लाको आइसोलेसन अस्पतालमा सात, १० स्थानमा स्थापना गरिएको हेल्थ डेस्कमा ४०, ५४ स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा २१६ सुरक्षाकर्मी खटिएका छन् । त्यसैगरी नौ वटा चेकप्वाइन्टमा ३५, पैदल गस्तीमा ३५, भ्यान गस्ती १४, सात बिट पिकेट २१ गरी जम्मा ३६० जना सुरक्षाकर्मी परिचालन भएको जनाएको छ ।
जुम्ला अस्पतालमा कोरोना जाँच पिसीआर उपकरण सञ्चालनमा आएदेखि ९४९ जनाको जाँच भएको छ । कालिकोटका १० र जुम्लाका ८६५ जनाको पिसिआर जाँच भएको हो । यसअघि काठमाडौँ र सुर्खेतमा ३३९ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म जुम्लामा कोरोना सङ्क्रमण देखिएको छैन । सबै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा.मङ्गल रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण