१०० दिनमा ८ लाखको हत्या गरिएको रुवान्डा नरसंहारका ‘मोस्ट-वान्टेड’ आरोपी पक्राउ
रुवान्डाको नरसंहारका मोस्ट वान्टेड आरोपी फेलिसिएन काबुगा शनिबार फ्रान्सको पेरिसबाट पक्राउ परेका छन् । २० औँ शताब्दीको सबैभन्दा खराब जातीय नरसंहार मानिने रुवान्डाको नरसंहारमा प्रमुख भूमिका निभाएको आरोप लागेका काबुगा २५ वर्षदेखि फरार रहेका थिए ।
रुवान्डाको ‘मोस्ट–वान्टेड’ सूचीमा रहेका उनको टाउकोमाथि ५० लाख डलरको पुरस्कार पनि राखिएको थियो । ८४ वर्षीय काबुगा फ्रान्समा एउटा फ्ल्याटमा छद्म नाममा बस्ने गरेका थिए । फ्रान्सको प्रहरीले जारी गरेको विज्ञप्तिमा उनलाई विश्वकै मोस्ट वान्टेड अपराधी भनिएको छ ।
हुतु जातिका व्यवसायी रहेका काबुगामाथि सन् १९९४ मा १ सय दिनको अवधिमा भएको ८ लाख अल्पसंख्यक तुत्सी समूदायको नरसंहारलाई वित्तपोषण गरेको आरोप छ ।
सन् १९९४ मा भएको रुवान्डाको नरसंहारलाई लगानी गरेको आरोप लागेका फेलिसिएन काबुगा त्यसयता जर्मनी, बेल्जियम, कंगो केन्या र स्वीटजरल्याण्डमा लुक्दै आएका थिए ।

उनको पक्राउसँगै उनलाई पेरिसको अदालत र त्यसपछि हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा प्रस्तुत गर्ने बाटो खुलेको छ ।
रुवान्डामा गरिएको अनुसन्धानमा राजधानी किगालीमा भेटिएको आर्थिक दस्तावेजमा काबुगाले आफ्नो कम्पनीबाट ठूलो संख्यामा मुह्सेटी (एक प्रकारको तरवारजस्तै हतियार) आयात गरेका थिए । ती हतियार नरसंहारमा व्यापक प्रयोग भएका थिए ।
काबुगाले रेडियो टेलेभिजन मिले कोलिनस पनि स्थापना गरेका थिए जसमा तुत्सीविरुद्ध प्रोपोगान्डा कार्यक्रमहरु चलाइन्थ्यो । उनीमाथि विद्रोहीलाई प्रशिक्षण पनि दिएको आरोप लगाइएको छ ।
काबुगा पूर्वराष्ट्रपति जुभेनाल हाब्यारिनामाका नजिक थिए । उनको विमान खसाइएपछि नै रुवान्डामा १ सय दिन लामो नरसंहार चलेको थियो । काबुगाकी छोरीले हाब्यारिनामाका छोरासँग विवाह गरेकी थिइन् ।
स्रोत : अलजजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण