शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भारतबाट आएका २९ जनालाई क्वारेन्टाइनमा राखियो

आइतबार, ०४ जेठ २०७७, १२ : ०९
आइतबार, ०४ जेठ २०७७

  जुम्ला । भारतबाट जिल्लामा आएका २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । 

 सीमामा अलपत्र परेर सरकारले उद्धार गरेका २९ जनालाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश श्रेष्ठले जानकारी दिए । 

शनिवार मध्यरात १ बजे गाडीमा पुगेका उनीहरुलाई सुरक्षाको निगरानीमा कर्णाली प्राविधिक शिक्षालयमा पुर्याइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुसार भारतबाट सरकारको निगरानीमा आएका मध्य २५ जना हिमा गाउँपालिकाका, १ जना सिञ्जा, १ जना तिला, १ जना हुम्ला र १ जना मुगुका गरी २९ जना रहेका छन् ।

जुम्लामा अहिलेसम्म कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन भने अब कडा सतर्कता अपनाइएको छ ।

पछिल्लो समय एक हजार दुई सय ६३ जना नागरिकको पिसिआर जाँच गरेर नेगेटिभ आईसकेको जुम्लामा अव सवै बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राखेर जाँच गर्ने र सोही अनुसार रोकथाम तथा उपचारको विधी अपनाउने लक्ष्य लिइएको छ ।

यता भारतमा ४५ दिन अलपत्र परेर जिल्लामा आएका नागरिकले सरकारले उद्धार गरेकामा खुशी व्यक्त गरेका छन् । हिमा गाउँपालिका १ देवारगाउँ निवासी गगन शाहीले आफूहरुलाई उद्धार गरेर यहाँ ल्याएकोमा सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप