अभिनेता मनमीत ग्रेवालले गरे आत्महत्या, लकडाउनमा बढेको ऋणका कारण डिप्रेशनका शिकार
सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका अभिनेता मनमीत ग्रेवालले शुक्रबार आत्महत्या गरेका छन् । ३२ वर्षका मनमीतले शुक्रबार राती पासो लगाएर आत्महत्या गरेका हुन् ।
उनी आफ्नी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका थिए । भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार मनमीत लकडाउनका कारण निकै चिन्तित थिए । लकडाउनका कारण उनको कमाई रोकिएको थियो र यसैले उनी डिप्रेशनको शिकार भएका थिए ।
स्रोतका अनुसार मनमीतले पहिले देखि नै आर्थिक समस्या झेलिरहेका थिए । यस्तोमा लकडाउनको क्रममा उनको समस्या झनै बढ्यो । उनी आफ्नो भाडा तिर्नसमेत असमर्थ भएका थिए ।
एबीपी न्यूजसँग उनका नजिकका साथी मनजीत सिंह राजपुतले लकडाउनले मनमीतको जीवनमा निकै समस्या ल्याएको बताए । मनजीतले भने, ‘मनमीत पछिल्लो थुप्रै समस्यादेखि आर्थिक समस्यासँग जुधिरहेका थिए । उनले व्यक्तिगत र व्यावसायिक कामका लागि लाखौं रुपैयाँ उधारो लिइसकेका थिए । लकडाउनका कारण काम बन्द हुँदा न त उनको कुनै कमाई भइरहेको थियो न नै मानिसहरुबाट लिएको उधारो तिर्न सकिरहेका थिए । यसैका कारण उनले यस्तो अफसोसजनक कदम उठाएका हुन् ।’
मनमीतका साथीले कोरोनाका कारण मनमीतको शवलाई मानिसहरुले छुनसमेत डराएको पनि जानकारी दिए । उनले भने, ‘श्रीमतीले जब श्रीमानको शवलाई झुण्डिरहेको देखिन् तब उनले मानिसहरुसँग मद्दत मागिन्, तर मानिसहरु कोरोनाभाइरसका कारण अगाडि आउन पनि डराइरहेका थिए । केही बेरपछि एक डाक्टर र पुलिस पनि त्यहाँ पुगे तर उनीहरुले पनि कुनै मद्दत गरेनन् । करिब एक घण्टापछि भवनका गार्डले मनमीतको घाँटीमा बाँधिएको सल काटे र त्यसपछि मात्रै उनलाई अस्पताल पुर्याइयो । अस्पताल पुग्ने बित्तिकै उनलाई मृत घोषित गरियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोज्योः बर्तौला
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
-
नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय
-
'माधव नेपाललाई कमजोर बनाएर समाजवादी पार्टी विघटन गर्ने ओलीको योजना छ'
-
अदालतले नेपाल खबरलाई सोध्यो : समाचार किन नमेटेको ?
-
मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर