चीनविरुद्धको समर्थनमा अष्ट्रेलियाको यस्तो दाबी
कोरोनाभाइरसको संक्रमण महामारीको रुपमा फैलनुमा चीनको भूमिकाबारे स्वतन्त्र अनुसन्धानको आफ्नो मागलाई हालसम्म थुप्रै देशले समर्थन गरिरहेको अष्ट्रेलियाले दाबी गरेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पछिल्ला केही समयदेखि कोभिड–१९ रोग फैलिएको विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गरेका थिए । भाइरस फैलनमा चीनको भूमिकाको अनुसन्धानको माग पनि अष्ट्रेलियाले गरेको थियो ।
द सिड्नी मर्निङ हेराल्डको एक रिपोर्ट अनुसार सय बढी देशले सोमबार हुने विश्व स्वास्थ्य सम्मेलनको छलफलमा अष्ट्रेलियाको यो मागको सह–प्रायोजक बन्ने तयारीमा छन् ।
यद्यपि, विश्व स्वास्थ्य संगठन समक्ष अष्ट्रेलियाले जुन प्रस्ताव राखेको छ त्यसमा कतै पनि कुनै पनि देशको नाम उल्लेख गरिएको छैन । तर डब्ल्यूएचओलाई ‘उनीहरुले कोरोनाभाइरसको स्रोतको निष्पक्ष अनुसन्धान गर्दै मानिससम्म यो भाइरस कसरी पुग्यो भन्नेबारे पत्ता लगाउन’ अपिल गरिएको छ ।
चीनको हुबेई प्रान्तमा रहेको ऊहान शहरमा सबैभन्दा पहिला कोरोनाभाइरसको संक्रमण देखिएको थियो । डिसेम्बरको अन्त्यमा त्यहाँ केही मानिसहरुको यो संक्रमणका कारण मृत्यु भएको थियो ।
अष्ट्रेलियाले यो अन्तर्राष्ट्रिय समर्थन चीनलाई अलग्गयाउन पाइरहेको अनुमान गरिएको छ किनभने जब अष्ट्रेलियाले निष्पक्ष अनुसन्धानको माग उठाएको थियो तब चीनले यसलाई राजनीतिक रुपमा प्रेरित बताएको थियो र अष्ट्रेलियासँगको व्यापारमा केही प्रतिबन्धको घोषणासमेत गरेको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण