आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विजय मिश्रलाई कारवाही गर्न सांसद आलेको माग (विज्ञप्तिसहित)

मङ्गलबार, ०६ जेठ २०७७, १८ : ४६
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेम आलेले विजयप्रकाश मिश्र नाम गरेका व्यक्तिले चरित्र हत्या गर्ने अभिप्रायले आफ्नो नाम जोडेर विभिन्न प्रचारवाजी गरेको भन्दै त्यस्तो प्रचारवाजीमा कुुनै सत्यता नरहेको प्रस्ट पारेका छन् ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका आलेले मंगलबार एक विज्ञप्ति जारी गर्दै मिश्रले आफु समेतको नाम जोडेर जेठ ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा जीउधनको सुरक्षा गरी पाउँ भन्दै आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै निराधार एवं कपोकल्पित रुपमा चरित्र हत्या गर्ने उदेश्य तथा आफ्नो प्रतिष्ठामा आँच पु्याउन निवेदन दिएको बताएका छन् । उनले मिश्रले यसअघि पनि विभिन्न व्यक्तिमाथि झुठा अफवाह फैलाउँदै आएको दावी समेत गरेका छन् । मिश्रले सोमबार सांसद आले समेतबाट आफु असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन दिएको प्रेश विज्ञप्तिमार्फत जनाएका थिए । 

‘सार्वजनिक लेखा समितिको बैठकमा जनताको प्रतिनिधि तथा समितिको सदस्यका हैसियतले सुरक्षा मुद्रण मेसिनको विषयमा सम्बन्धित रहेर गरेको प्रश्नलाई उनले चर्काचर्की भनेर अपवाह फैलाउन खोजेको समेत देखिन्छ । निजसँग मेरो कुनै सरोकार, सम्पर्क तथा सम्बन्ध नभएको समेत जानकारी गराउँदछू’,आलेले विज्ञप्तिमा भनेका छन् । 

उनले यसरी जनप्रतिनिधिको नाम जोडर झुठा उजुरी गरी त्यसको प्रचार प्रसार समेत गर्ने मानिसको प्रतिष्ठामा आँच पुर्याउने कार्य गर्ने निज मिश्र उपर कानुन बमोजिम कारवाही गर्न समेत सम्बन्धितनिकायको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप