हराएको ९ दिनपछि शव फेला
बुधबार, ०७ जेठ २०७७, १४ : १८
सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ इमलीडाडाँमा एक युवकको शव फेला परेको छ । शव ९ दिनअघि हराएका स्थानीय करिव ३५ वर्षिय सञ्जिवकुमार यादवको रहेको प्रहरीले जनाएको छ । यादव गत बैशाख २९ गते घरबाट हिँडेका थिए । मंगलबार गोठालाहरुले झाडिमा शव देखेर प्रहरीलाई सूचना दिएको इलाका प्रहरी कार्यालय मिर्चैयका प्रमुख डिएसपी सन्तुलाल जयशवाले जानकारी दिए ।
शव कुहिएर उठाउनै नसक्ने अवस्थाका रहेकाले परीक्षणका लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालका चिकित्सक बोलाइएको प्रहरीले बताएको छ । प्रहरीले घटनाबारे छानविन भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका छन् : प्रधानमन्त्री
-
वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने
-
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
-
मधेस प्रदेश : ९ महिनामा १४ ठाउँमा डाँकाचोरी
-
‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण