पूर्वी क्षेत्रमा सतर्कता अप्नाउन महाशाखाको आग्रह
काठमाडौं । नेपालका पूर्वी क्षेत्रमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको प्रभाव पर्न सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना भएको जनाएको छ ।
चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले आज राती सामान्य बदली रही पूर्वी भूभागका धेरैजसो स्थानहरु, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका समेत केही प्रभाव पर्न सक्ने मौसमविद् अर्चना श्रेष्ठले जानकारी दिएकी छिन् । खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
शुरुमा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो । यस चक्रवातको नाम अंपुन नामाङ्कन गरिएको छ । उक्त चक्रवात शुरुमा उत्तर–उत्तरपश्चिम दिशातर्फबाट अगाडि बढ्दै गरेकामा पछि उत्तर–उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ । यो चक्रपात भारतको पश्चिम बंगाल र बंगलादेशको तटी क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने क्रममा रहेको बताइएको छ । मौसमविद् श्रेष्ठका अनुसार नेपालमा अंपुन चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्वी र मध्य क्षेत्रको मौसम आगामी २–३ दिन प्रभावित हुनेछ । यसको प्रभावबाट खासगरी प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशको मौसम प्रभावित हुने जनाइएको छ ।
यी क्षेत्रमा केही वर्षासहित उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुने बताइएको छ । साथै गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा समेत मौसम केही बदली हुने जनाइएको छ । प्रदेश १ को हिमाली तथा पहाडी जिल्लाहरुका खोला र नदीहरुमा आज राती जलप्रवाह आकस्मिक रुपमा बढ्न सक्ने भएकोले महाशाखाले सतर्कता अप्नाउन अनुरोध गरेको छ । त्यस्तै प्रदेश १ का तराईका जिल्ला र प्रदेश २ को सप्तरी–सिरहाका स–साना खोला तथा कन्काई, कोशी र यी नदीहरुका सहायक खोलाहरुमा जलसतह बढ्ने (तर सतर्कता तहभन्दा मुनि रहने सम्भावना रहेको) भएकोले नदी तटीय क्षेत्रमा सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण