यसरी भएको थियो पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना, हेर्नुहोस् सीसीटीभी फुटेज
पाकिस्तानको कराँचीमा शुक्रबार भएको यात्रुवाहक विमान दुर्घटनाको सीसीटीभी फुटेज बाहिर आएको छ जसमा उक्त विमान विमानस्थलमा ल्यान्डिङ गर्नुअघि एक आवासीय क्षेत्रमा खसेको देख्न सकिन्छ ।
बीबीसी उर्दूका जीशान हैदरले यस घटनाको सीसीटीभी फुटेज ट्वीट गरेका छन् जसमा विमान दुर्घटना भएको देख्न सकिन्छ । जीशानले ट्वीटमा विमानको इन्जिनमा आगो लागेको नदेखिएको बताएका छन् ।
Moments when the PK8303 crashed in Karachi mins before landing. Interestingly there is no sign of fire in engine visible in the footage #karachiPlaneCrash #PIAPlanCrash # pic.twitter.com/8YZjAdnK2a
— ZeeshanHaiderBBC (@ZesHPirzadA) May 22, 2020
पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए३२० एयर बस विमानले लाहोरबाट कराँचीका लागि उडान भरेको थियो । यस विमानमा ९९ जना सवार थिए । यसमध्ये ९७ जनाको मृत्यु भएको तथा २ जना दुर्घटनामा बाँच्न सफल भएको सिन्धका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डन डटकमले जानकारी दिएको छ ।

लाहोरबाट कराँची पुगेपछि विमानस्थलमा अवतरण गर्नुभन्दा ठीकअघि यो विमान आवासीय क्षेत्र जिन्नाह गार्डेन मोडल कोलनीमा खसेको थियो । यो विमानस्थलबाट मात्र ३.२ किलोमिटर टाढा रहेको छ ।
दुर्घटनाअघि विमान चालकले इन्जिन खराब भएको र विपत्तिको संकेत ‘मेडे’ जारी गरेका थिए । पीआईएका मुख्य अधिकारी एयर भाइस मार्शल अरशद मलिकले पाइलटले ट्राफिक कन्ट्रोलरलाई विमानमा प्राविधिक समस्या आएको जानकारी गराएको बताए । लाइभएटीसी डट नेटमा पोष्ट गरिएको एटीसीको कथित रेकर्डिङमा पाइलटले विमानको दुवै इन्जिनले काम गर्न छाडेको भन्दै दुर्घटनाको ठीकअघि ‘मेडे मेडे मेडे’ भनेको सुन्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण