जुम्लामा ४०५ जनाले गरे कोरोना बीमा
जुम्लामा ४०५ जनाले कोरोना बीमा गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनी जुम्लाले ल्याएको यो विशेष योजनामा चारसय पाँच जनाले बीमा गरेका इन्स्योरेन्सका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले जानकारी दिए ।
बीमा गर्नेमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहरा, तिला गाउँपालिका उपाध्यक्ष बिष्णुमाया बुढा, सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटा, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दसहित चार सय पाँच जना रहेको उनले बताए ।
अहिले कोभिड–१९ (कोरोना भाइरस) रोकथामको अभियान संचालन भइरहेको समयमा शिखर ननलाइफ इन्स्योरेन्सले ल्याएको कोरोना बीमा अभियानमा मानिसहरु आकर्षित हुन थालेका छन् ।
कोरोनाका कारण केही दुर्घटना भइहालेमा सो प्याकेज अगाडि सारिएको छ । यसैगरी रु छ सयमा परिवारको रु एक लाखको बीमा गर्न सकिने इन्स्योरेन्सले जनाएको छ । यसैगरी प्रति व्यक्ति रु एक लाखको रु एक हजारले बीमा गर्न सकिनेछ । यस अघि इन्स्योरेन्सले जुम्लामा कृषि वाली, स्याउका बिरुवाको समेत बीमा गर्दै आएको छ । यसैगरी हुम्लामा २६ जना, कालिकोट २२ जना र डोल्पामा १५ जनाले थप कोरोना बीमा गरेको जानकारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण