जुम्लामा कोरोना आशंकामा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ
-उपेन्द्र न्यौपाने
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका वडानम्बर २ ओदी गाउँका ३८ बर्षीय एक व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार कोरोना भाइरसको संक्रमण आशंकाबाट मृत्यु भएको जानकारी आएपछि मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतीको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
‘गाउँमा भारतबाट आएका व्यक्तिहरु भएकाले कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो की भनेर आशंका गरिएको रहेछ । तर स्वाब परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएन’ सापकोटाको भनाइ छ ।
हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतले मृतक सहित पाँचै जना घरपरिवारकै स्वाब पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि कालगतिले नै निधन भएको पुष्टि भएको जनाए ।
लकडाउन अवधिभर जुम्लामा भारत तथा तेस्रो मुलुकबाट ११ हजार ३८८ जना नागरिक भित्रिएका छन् ।
जसमध्ये ५६ जना क्वारेन्टाइनमा बसेका छन् भने एक हजार २७७ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा एक हजार ६०७ जनाको पिसिआर र २७० जनाको आरडिटी परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण