बलिउड अभिनेता किरण कुमार कोरोनाभाइरसद्वारा संक्रमित

बलिउड अभिनेता किरण कुमार कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । किरणले आफूले आफैंलाई घरभित्र क्वारेन्टाइनमा राखेका छन् ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
यसबारे एक बयान जारी गर्दै किरण कुमारले भने, ‘म एउटा सानो परीक्षणका लागि अस्पताल जाँदा कोरोनाभाइरसद्वारा संक्रमित भएको थाहा भयो । परीक्षणको प्रक्रिया सुरु हुनुअघि मैले केही प्रारम्भिक परीक्षणबाट गुज्रनु पर्यो । मलाई लाग्छ कि आफ्नो तर्फबाट सावधानी अपनाउँदै उहाँहरुले सुरुवातमा नै कोभिड–१९ को परीक्षण गर्नुभयो । यसमा मलाई पोजेटिभ भएको पत्ता लाग्यो ।’
मभित्र कुनै लक्षण थिएनः
किरणले भने, ‘ममा कुनै पनि प्रकारको लक्षण देखिएको थिएन । न खोकी, न ज्वरो, न सास फेर्न समस्या, केही पनि थिएन । म पूर्ण रुपमा स्वस्थ महसुस गरिरहेको थिएँ । मैले पहिले नै बताए अनुसार मलाई कुनै लक्षण नदेखिएकाले मैले परीक्षण गर्ने कुनै कोसिस गरिनँ ।’
‘धन्य, मेरो घर दुई तलाको छ’
उनले थपे, ‘मैले आफ्नो घरलाई नै क्वारेन्टाइन गरेको छु । मेरो घर दुई तल्ला छ, त्यसकारण धन्य, ठाउँको कुनै समस्या छैन । मेरी श्रीमती र बालबच्चा पहिलो तल्लामा बस्छन् र मैले आफूलाई माथिल्लो तल्लामा आइसोलेट गरेको छु । म २५ वा २६ मे मा पुनः परीक्षण गराउनेछु ।’
बलिउड सेलिब्रिटीसँग सम्बन्धित अन्य संक्रमितः
उनीअघि बलिउडकी गायिका कनिका कपूर, फिल्म निर्माता करिम मोरानी र उनका दुई छोरी, नायक पूरब कोही, नायक फ्रेडी दारुवालाका पिता, नायक सत्यजीत दुबेकी आमासमेत बोनी कपुर र फराह अली खानको घरमा काम गर्ने सहयोगी पनि कोरोना संक्रमित पाइएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा