‘पाल्न नसक्ने’ भन्दै आमाले गरिन् शिशुको हत्या !
भक्तपुर । आफ्नो सन्तानको माया महिलालाई सबैभन्दा धेरै लाग्ने गर्दछ । आमा भन्दा ठुलो बच्चाको लागि संसारमा कोही हुँदैन् । तर, ती आमा नै काल बनेपछि सन्तानको के लाग्छ र ? लकडाउनको समय छ । दुई महिना भइसक्यो । संसारभर कामगरि खाने मानिसको दैनिकी कष्टकर बन्दै गइरहेको छ । त्यहिँ लकडाउन सुरु भएको केही दिनपछि श्रीमान बेपत्ता भए ।
उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६, घलाते बस्ने २२ वर्षकी रमिला राईको काखमा २१ महिनाकी छोरी थिइ्न् भने उनको पेटमा अर्को शिशु हुर्कर्दै थियो । ढलानको काम गर्ने क्रममा रमिला र मिलन मगरको भेट भयो । माया प्रेम गाँसे । केही दिन राम्रै भयो ।
‘सँगसँगैं बस्न थाले पहिलो बच्चा जन्मियो । तर, मिलनको व्यवहार उहि रह्यो’ प्रहरीसँगको बयानमा रमिलाले भनेकी छिन् ‘केही दिन हराउने फेरि कोठामा आउने गथ्र्यो’ । दैनिक ढलानको काम गरेर खाने उनीहरुको जीवनमा लकडाउन सुरु भएपछि समस्या आएको थियो । लकडाउन सुरु भएको केहि दिनमै श्रीमान सम्पर्क विहिन भए । यसैबेला उनको दोश्रो बच्चा भएको थियो ।
‘दुई सन्तानलाई पालनपोषण गर्न नसक्ने देखेपछि आफुले चार दिने शिशुको हत्या गरेर फालेको रमिलाले बयान दिएकी छिन्’ महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले भने । घर ढलानको काम गर्दै आएकी आमाले शिशुको मुखमा कपडा कोचेर हत्या गरेको अनुसन्धानवाट खुलेको डीएसपी जोशीले बताए ।
स्थानीयले उनी बसेको घर निजिकै रहेको फोहोरको थुप्रोमा सालनाल सहितको मृत शिशु देखिपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको छ ।
शिशु हत्याको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनको श्रीमानको समेत खोजी गरिरहेको छ । शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले बताए ।
२ सय ५० लिटर मदिरा नष्ट
यसैगरि महानगरीय प्रहरी वृत्त जगातीले दुई/तीन दिन अगाडीदेखि सुरक्षा जाँचको क्रममा फेला पारेको करिब २ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । वृत्तका प्रमुख डीएसपी जोशीका अनुसार विभिन्न स्थानबाट बजारतर्फ बिक्री गर्न ल्याइदैं गरेको घरेलु मदिरा नष्ट गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण