प्रदेश नम्बर २ मा थप ३५ जनामा कोरोना संक्रमण
जनकपुर । प्रदेश नम्बर २ मा थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले मिडिया ब्रिफिङको क्रममा प्रदेशको अवस्था भयावह भइरहेको जानकारी दिए । सचिव घिमिरेकाअनुसार नेपाल–भारत खुला सीमा नाकाका कारण प्रदेश नम्बर २ मा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको हो । उनले रौतहटमा २२, सिरहामा ५, बारामा ५, महोत्तरीमा २ र धनुषामा १ जनामा कोरोना संक्रमण देखिएको जनाए ।
धनुषामा कोरोना संक्रमण पुष्टि भएका १ पुरुष मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित बेला बस्ने २२ वर्षीय युवक हुन् । त्यस्तै महोत्तरीका पुष्टि भएका मनरासिसवा नगरपालिका वडा नम्बर १० बस्ने ३० र ३५ वर्षका पुरुष रहेको सामाजिक विकास मन्त्रालयले गरेको छ ।
प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा भेटिएका सबै संक्रमितहरुलाई विभिन्न आइसोलेशन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको सचिव घिमिरेले बताए । त्यस्तै प्रदेश– २ मा संक्रमितको संख्या २ सय ६८ पुगेको छ भने उपचार पछि ७६ जना निको भएर घर फर्केको उनले जनाए ।
संक्रमित व्यक्तिहरु भारतबाट आएका र उनीहरुको सम्पर्कमा गएकाहरुलाई कोरोना संक्रमण भएको सचिव घिमिरेले बताए । यससँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको कूल संख्या २ सय ६८ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण