शुक्रबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ ।
यसैगरी, महाशाखाले हाल देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
यस्तै, शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनुका साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार राति देशको पूर्वी ,मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
साथै, पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण