दक्षिण अफ्रिकी नेताको अपिल, ‘धार्मिकस्थलमा नजानुहोस्, यो पासो हो, तपाईं मर्न सक्नुहुन्छ’
शुक्रबार, १६ जेठ २०७७, १४ : ०२
दक्षिण अफ्रिकामा विपक्ष फायरब्रान्ड नेता जुलियस मलेमाले दक्षिण अफ्रिकी जनतासँगै धार्मिक स्थल (गिरजाभर) मा नजान आग्रह गरेका छन् ।
उनले जनतासँग अपिल गर्दै भने, गिरजाघरमा जाने जालमा नफस्नुहोस्, त्यहाँ तपाईंहरुलाई कोरोना संक्रमण हुनसक्छ जसका कारण तपाईंको मृत्यु पनि हुनसक्छ ।’
उनले थपे, ‘ईश्वरसँग प्रार्थना गर्नका लागि गिरजाघरमा जानैपर्छ भनेर नसोच्नुहोस् । त्यहाँ जम्मा हुँदा निकै ठूलो परिवर्तन आउन सक्छ ।’
मलेमाले देशका विभिन्न धर्म गुरुलाई पनि ‘मानिसहरुको रक्षार्थ चर्च र अन्य धार्मिक स्थल बन्द गरिदिन’ आग्रह गरेका छन् ।
आफ्नो पार्टीको एक पत्रकार सम्मेलनमा मलेमाले यस्तो अपिल गरेका हुन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण