क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु
शनिबार, १७ जेठ २०७७, १० : ३६
दैलेख – जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे ।
‘गत ७ गते उनी भारतबाट आएका थिए । भारतबाट आएका कारण उनीसहितको टोलीलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले बताए ‘उनी बिहान चिया र विस्कुट खाएपछि ढलेका थिए ।’
उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने नगरप्रमुख भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण