बेल्जियमका राजकुमार कोरोनाद्वारा संक्रमित, स्पेनको एक पार्टीमा समावेश भएपछि देखियो हल्का लक्षण
आइतबार, १८ जेठ २०७७, १२ : २७
बेल्जियमका २८ वर्षे राजकुमार जोआकिम कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । राजदरबारको जानकारी अनुसार राजकुमार २७ मेमा इन्टर्नशिपका लागि स्पेन गएका थिए । त्यसको दुई दिनपछि उनी एक पार्टीमा समावेश भएका थिए र त्यसपछि उनलाई हल्का लक्षण देखिएको जानकारीमा उल्लेख छ ।
राजकुमार जोआकिम बेल्जियमका राजा फिलिपका भतिजा हुन् । उनी स्पेनको कोर्डोबा शहरमा आयोजित पार्टीमा समावेश २७ जनामध्ये एक थिए । स्पेनमा लकडाउन जारी छ । लकडाउन नियम अन्तर्गत त्यहाँ १५ जना बढी एकैठाउँ जम्मा हुन प्रतिबन्ध लगाइएको छ । तर यति हुँदा हुँदै पनि पार्टीको आयोजना गरियो । हाल उक्त पार्टीमा समावेश सबै व्यक्ति क्वारेन्टिनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण