आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
नयाँ पार्टी निमार्णकाे तयारी

नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति

आइतबार, ३१ जेठ २०८३, १९ : ५३
आइतबार, ३१ जेठ २०८३

सारांश

  • नयाँ पार्टी निर्माणमा जुटेका डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंले विभिन्न २४ वटा समिति गठन गरेर नेताहरूलाई जिम्मेवारी तोकेका छन् ।
  • बृहत् राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक दल निर्माण गर्ने उद्देश्यका साथ राणाको नेतृत्वमा रहेको समूह तथा दुर्गा प्रसाईंको अध्यक्षतामा गठित ‘नागरिक बचाउ महाअभियान, नेपाल’ बिच नयाँ पार्टी निर्माणका लागि सहमति भएको थियो ।
  • असार पहिलो साताभित्र दुई नेताले पार्टी घोषणाको तयारी गरेका छन् ।

काठमाडौँ । नयाँ पार्टी निर्माणमा जुटेका डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंले विभिन्न २४ वटा समिति गठन गरेर नेताहरूलाई जिम्मेवारी तोकेका छन् । 

आइतबार आयोजित, सो समूहको बैठकबाट नेताहरूको जिम्मेवारी तय गरिएको हो । असार पहिलो साताभित्र दुई नेताले पार्टी घोषणाको तयारी गरेका छन् । 

बृहत् राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक दल निर्माण गर्ने उद्देश्यका साथ राणाको नेतृत्वमा रहेको समूह तथा दुर्गा प्रसाईंको अध्यक्षतामा गठित ‘नागरिक बचाउ महाअभियान, नेपाल’ बिच नयाँ पार्टी निर्माणका लागि सहमति भएको थियाे।

उक्त सहमति बमोजिम आइतबार नेताहरूलाई विभिन्न समिति, विभागहरूको जिम्मेवारी प्रदान गरिएको छ।

१. कार्यदल समिति

संयोजक – मुकुन्द श्याम गिरी

२. वार्ता समिति

संयोजक – राजु आचार्य

३. सचिवालय समिति

संयोजक – सगुन सुन्दर लावती

४. विधान मस्यौदा समिति

संयोजक – माधव कल्पित

५. आर्थिक समिति

संयोजक – दिलविकास भण्डारी

६. जेनजी संयोजन समिति

संयोजक – दिपिका भट्ट

७. सञ्चार समिति

संयोजक – क्षितिज सापकोटा

८. कानुनी परामर्श समिति

संयोजक – डा. महेन्द्रजंग शाही

९. प्रशिक्षण विभाग

संयोजक – डा. पुष्प अधिकारी

१०. झण्डा, नाम तथा चुनाव चिन्ह समिति

संयोजक – मुकुन्द श्याम गिरी

११. महिला संयोजन समिति

संयोजक – अञ्जना शाह रावल

१२. युवा विभाग

संयोजक – फणीराज लोहनी

१३. भूपू सैनिक समिति

संयोजक – प्रकाश जंग कार्की

१४. अन्तर्राष्ट्रिय सम्पर्क समिति

संयोजक – डा. निराजन प्रसाईं

१५. नागरिक सुरक्षा समायोजन समिति

संयोजक – दुरेन राई

१६. सांस्कृतिक विभाग 

संयोजक – दिनेश पाख्रिन

१७. युवा सङ्गठन

संयोजक – निराजन बम

१८. प्रवास विभाग 

संयोजक – शशी सिलवाल

१९. मजदुर सङ्गठन समिति (ट्रेड युनियन)

संयोजक – चिरागमान सिंह कुँवर

२०. खेलकुद समायोजन समिति

संयोजक – दमन बस्नेत

२१. सुकुमबासी समायोजन समिति

संयोजक – नरेन्द्र लामा

२२. सुझाव सङ्कलन समिति 

संयोजक – कर्ण बहादुर शाही

२३. वित्तीय समस्या समाधान समिति (लघुवित्त, मिटरब्याज, बैक सहकारी)

संयोजक – देवी संग्रौला

२४. वातावरण समिति

संयोजक – पवित्रा सुब्बा श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप