मलेसियाबाट नेपाली श्रमिक फर्काइने
काठमाडौं – मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ ।
फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात गर्ने देशको प्रतिनिधित्व गर्दै वसेका राजदूतावासले आआफ्ना नागरिकलाई ¥यापिड टेस्ट (आरडीटी)मार्फत कोभिड १९ को परीक्षण गर्ने र परीक्षणमा सङ्क्रमण नदेखिएकालाई स्वदेश फर्काउन सुरु गरिने जनाइएको छ । यसैगरी हाल घर फिर्ती केन्द्रमा राखिएका २४ नेपाली तथा दुई हजार ४७६ बङ्गलादेशी नागरिकलाई पनि क्रमशः फर्काइने जनाइएको छ ।
यसरी घर फिर्ती केन्द्रमा राखिएकामध्ये हालसम्म तीन जना नेपालीलगायत ३५ जनालाई कोभिड १९ सङ्क्रमण भएको पुष्टि भएको छ । त्यसैले मलेसियाले सकेसम्म छिटो अवैध रूपमा बसिरहेका व्यक्तिलाई उनीहरूको देश फर्काउने प्रयास गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण